असोज ०६, २०८१, आइतबार
               

आगामी निर्वाचन : म्यादी प्रहरीको लागि भर्ना खुल्दै

नेपाल फ्ल्यास
माघ ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । आगामी बैशाखमा हुने निर्वाचनको लागि म्यादी प्रहरीमा भर्ना खुल्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन भएपछि घोषित मध्यावधि निर्वाचनको लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको जनाएको छ ।

आगामी बैशाख १७ र २७ को लागि निर्वाचनको मिति तय गरिसकेको समयमा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीको लागि भर्ना खोल्ने तयारी गरेको जनाइएको छ ।

त्यसका लागि प्रहरीले बजेटको मागसहितको सुरक्षा योजनाको प्रारम्भिक खाकासमेत तयार गरिसकेको छ । प्रहरी प्रधान कार्यालयले जनाए अनुसार मतदान केन्द्र र मतदान स्थलको सुरक्षाको लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवश्यक संख्या र त्यसको लागि आवश्यक पर्ने बजेटको व्यवस्थापनसहित सुरक्षा योजनालगायतका प्राविधिक विषयमा खाका तयार गरेको हो । 

उक्त खाका अनुसार आगामी निर्वाचनको लागि १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीमा भर्ना आह्वान गर्ने तयारी भएको छ । 

यो पनि