बैशाख २४, २०८१, सोमबार
               

उखु किसानले अझै पुरा भुक्तानी पाएनन्

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले साढे ४७ करोड भुक्तानी पाए । उखुको बक्यौता रकम भुक्तानीका विषयमा उखु किसान र सरकारबीच सहमति भएको आज २१ दिन पूरा भएको छ । उखुको बक्यौता रकम माग्दै गत मङ्सिर २८ देखि काठमाडौँको माइतीघरमा आन्दोलनरत उखु किसान र सरकारबीच गत पुस १३ गते चारबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उनीहरुले आइतबार साँझसम्म तीन वटा चिनी उद्योगबाटसाढे ४७ करोड मात्र भुक्तानी पाएका हुन् ।

सहमतिअनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने भनिएको छ । ६५ करोडभन्दा बढी बक्यौता रकममध्ये आइतबार साँझसम्म तीन वटा चिनी उद्योगले साढे ४७ करोड बक्यौता रकम भुक्तानी गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बताएको थियो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पूर्जी पनि जारी गर्‍यो । त्यसपछि मात्र भुक्तानी उठेको हो । माघ ४ गते साँझसम्म करीब रु साढे ४७ करोड भुक्तानी भएको छ । श्रीराम सुगर मिल, अन्नपूर्ण सुगर मिल र लुम्बिनी सुगर मिलले ४७ करोड ४५ लाख बक्यौता रकम भुक्तानी गरेको मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । 

उनका अनुसार इन्दिरा सुगर मिलले किसानको बैंक खातामा न्यून रकम जम्मा गरेको देखिएको छ ।  उखु किसान र सरकारबीच सहमति हुनु अगाडि नै सो मिलले ३३ करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए । सम्झौता भएको २१ दिनको अवधिमा ती उद्योगले न्यून मात्रामा रकम भुक्तानी गर्ने गरेको उनको भनाइ छ । 

सूचना अधिकारी लामिछानेका अनुसार सबैभन्दा धेरै श्रीराम सुगर मिलले ३१ करोड ८१ लाख बक्यौता रकम भुक्तानी गरिसकेको छ । ३५ करोड बक्यौता रकम रहेको सो मिलले किसानले उखु खरीदको प्रमाण बुझाउन नसक्दा भुक्तानीमा ढिलाइ भएको र खातामा पर्याप्त रकम भएको जानकारी दिएको उनले बताए । यसैगरी अन्नपूर्ण सुगर मिलले ११ करोड ४७ लाख बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले उखु किसानलाई १७ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी छ ।

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकैभए तापनि हालसम्म इन्दिराले रकम भुक्तानी गरेको छैन । इन्दिरा सुगर मिलको खातामाएक करोड ५० लाख रकम जम्मा भएको देखिए पनि बक्यौता रहेको चार करोड ७० लाख भुक्तानी नगरेको उनले जानकारी दिए । दुवै मिलले अझै ११ करोड बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ । 

आठ–आठ करोड ४१ लाख बक्यौता रकम रहेको लुम्बिनी सुगर मिलले चार करोड १६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ । उक्त मिलले ५० प्रतिशतको हाराहारीमा रकम भुक्तानी गरेको पाइएको छ । किसान र सरकारबीच सहमति हुँदा श्रीराम सुगर मिलले २६ करोड ११ लाख, अन्नपूर्ण तथा इन्दिराले पाँच करोड २६ लाख र लुम्बिनी सुगर मिलले दुई करोड बक्यौता रकम भुक्तानी गरिसकेका थिए । 


कस्तो लाग्यो ?

यो पनि