जेठ ०३, २०८१, बिहीबार
               

चोरकाे निशानामा एनआइसीकाे एटीएम बुथ

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो हप्ताभित्र छुट्टाछुट्टै स्थानमा रहेकाे एनआइसीकाे २ वटा एटीएम बुथमा चोरीकाे प्रयास भएकाे छ । 

प्रहरीका अनुसार गत माघ २ गते राति काठमाडौं महानगरपालिका-२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोकाको सिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई  पक्राउ गरेको थियो । 

पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २२ वर्षीय साहील खत्री, काठमाडौं महानगरपालिका-२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर छन् । 

त्यस्तै गएराति नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका-५ घर भएका २८ वर्षीय कमल बहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त कार्यमा संलग्न अरू फरार रहेकाले प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि