असोज ०६, २०८१, आइतबार
               

राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक मृत अवस्थामा फेला

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

बाँके । बाँकेमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक सूचकको रुपमा कार्यरत नेपालगन्ज उपमहानगरपालिका–१८ सूर्यगाउँस्थित लब्दवाका २७ वर्षीय प्रवीण थापा मृत अवस्थामा फेला छन् । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सूर्यगाउँका स्थानीयले गत शुक्रबार खेतबारीमा उनको शव फेला परेका हुन् ।प्रहरीका अनुसार स्थानीयले एक पुरुषको शव फेला परेको भनी जानकारी गराएका थिए । 

टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा उनको शव फेला परेको प्रहरीले बताएको छ । उनको शव आफ्नै घरभन्दा करिब साढे दुई किलोमिटर परको खेतमा फेला परेको थियो ।

टाउकोमा लागेको चोटका कारण उनको मृत्यु भएको पोष्टमार्टममा रिपोर्टमका क्रममा खुलेको छ ।प्रहरीका अनुसार हाल हत्यारा पत्ता लगाउने काम भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि