असोज ०६, २०८१, आइतबार
               

हिउँदमा केटू हिमाल चढेर नेपाली टोलीले रच्यो इतिहास

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । पाकिस्तानस्थित केटु हिमालको नेपालका १० पर्वतारोहीले सफल आरोहण गरेका छन् ।

विश्वको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन ।

यो पहिलोपटक आरोहण भएको हो । केटु ८ हजार ६११ मिटर अग्लो छ ।

८ हजार मिटरभन्दा बढि उचाइ भएका संसारका १४ हिमालमध्ये अरु सबै १३ हिमाल हिउँदमा चढिएको भए पनि यो हिमाल भने हिउँदमा कसैले पनि आरोहण गर्न सकेको थिएन ।

‘नेपाली आरोहीको एउटा टोलीले शनिबार पाकिस्तानको केटू हिमाल चढेर हिउँदमा यो हिमाल आरोहण गर्ने पहिलो टोलीको रुपमा इतिहास रचेको छ,’ अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले लेखेको छ ।

आरोहीहरुले शनिवार साँझ ५:४५ बजे आरोहण गरेका हुन् ।

शनिबार उनीहरु सो हिमालको चुचुरोमा पुगेलगत्तै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले नेपाली आरोहीले केटू हिमालमा नयाँ इतिहास कायम गरेको भनी समाचार प्रेषित गरेका छन् ।

नेपालका निर्मल (निम्सदाइ) पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा आरोहण गर्दै कीर्तिमान राखेका हुन् ।

१० आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेर अर्को कीर्तिमान कायम गरेका छन् ।

आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे ।


कस्तो लाग्यो ?

यो पनि