असोज ०६, २०८१, आइतबार
               

पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर डिजेल चोरी

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतमा पेट्रोलियम पाइपलाइन फोडेर (प्वाल पारेर) डिजेल चोरी भएको पाइएको छ । 

मोतीहारी अमलेखगञ्ज पाइपलाइन अन्तर्गत नेपाली सीमाबाट एक सय किलोमिटर पर बिहारको सिवान अन्तर्गतको नविगन्जमा पाइपलाइन फुटाएर हजारौं लिटर डिजेल चोरी भएको भारतीय मिडिया नवभारत टाइम्सले उल्लेख गरेको छ ।

पाइपलाइन फोडेर डिजेल चोरी भएको घटनाको भारतीय आयल कर्पोरेसन (आईओसी)ले अनुगमन पनि गरेको र अनुगमनबाट पाइपलाइन फोडेर डिजेल चोरी भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतदेखि नेपाल आउने पेट्रोलियम पाइपलाइनमै जोडिएको पाइपलाइनमा सो घटना भए पनि नेपालतर्फ क्षति नभएको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन् । 

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट प्रमुख भरत रेग्मीले नेपालले तेल आयातका लागि मिटर जडान गरेको स्थानबाट करिब सय किलोमिटर भारततर्फ सो घटना भएको बताए ।

‘दुई–तीनअघिको घटना हो । आईओसीले अनुगमन गरेर पाइपलाइन निर्माण गरेर पुनः सञ्चानमा पनि आइसकेको छ,’ रेग्मीले भने । 

मोतिहारीदेखि अमलेखगञ्जसम्मको पाइपलाइनको दूरी करिब ७० किलोमिटर छ । 

यो पनि