बैशाख २५, २०८१, मंगलबार
               

केयूमा एक उपकुलपतिका लागि ४४ जनाको दर्खास्त

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ४४ जनाले व्यक्तिगत विवरण पेस गरेका छन् । 

उपकुलपति नियुक्तका लागि गठित सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचनामार्फत अह्यवान गरेपसँगै  पुस २७ गतेभित्र ४४ आवेदन परेको हो । सो जानकारी शिशा मन्त्रालयको एक उच्च स्रोतले जानकारी दिएको छ । उपकुलपति चयनका लागि विश्वविद्यालय सभाले शिक्षामन्त्री एवं सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ।

काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तका लागि  सार्वजनिक रुपमा दर्खास्त आह्वान गरेको यो पहिलो पटक हो । 

सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये एक जना कुलपति तथा प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन् । 

यो पनि