बैशाख २१, २०८१, शुक्रबार
               

आज माघे सङ्क्रान्ति

नेपाल फ्ल्यास
माघ ०१, २०७७

ADVERTISEMENT

आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् । माघ महिनाको सुरु दिन आज घिउ, चाकु, उसिनेको तरुल र तीलको परिकार खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदै छ । आज मासको दाल र चामल मिसाएर घिउ हालेर बनाइएको खिचडी पनि खाने चलन छ ।

आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ । यसकारण पनि आजको दिनलाई उत्तरायण पनि भनिन्छ, आजवाट उत्तरायण आरम्भ भयो । आजको दिन विभिन्न घाटहरू, नदिहरू अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरूको भिड रहन्छ । आज काठमाडौंसहित मुलुकका २२ जिल्लामा रहेका थारू समुदायले यो दिन उत्सवका साथ माघी पर्व मनाउने गर्छन् ।

थारु समुदायहरूले आज सद्भावका साथ माघी मनाउने गर्दछन्, थारु समुदायमा आजको दिन येले दुगंका अथवा नयाँ वर्षका रुपमा मनाइन्छ, आजकै दिन किरात वशंले काठमाडौ उपत्यकामा आक्रमण गरी विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किरात संवत सुरु भएको मानिन्छ । काठमाडौँ उपत्यकाको नेवार समुदायमा सल्हुँ भनेर यी परिकार भोजन गर्ने र आमाको हातबाट सन्तानले शरीरमा तोरीको तेल लगाउने प्रचलन छ ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरूको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरूले धुमधामका साथ चेलीबेटी र पितृहरूको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरूको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरू सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । 


कस्तो लाग्यो ?

यो पनि