मंसिर ०२, २०८१, आइतबार
               

सवारीचालक अनुमतिपत्र मापदण्ड परिवर्तनका लागि प्रस्ताव पेस

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सवारीचालक अनुमतिपत्रको मापदण्ड परिवर्तनका लागि यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पेस गरेको छ। 

नयाँ प्रस्तावित प्रस्तावअनुसार  कुनै सानो गल्तीले ट्रायल फेल नहुने उल्लेख गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । हाल कार्यान्वयनमा रहेको मापदण्डअनुसार कुनै सानो गल्ती गरेमा ट्रायल फेल हुने व्यवस्था छ ।

तर, प्रस्तावित नयाँ  मापदण्डमा  ट्रायलका विभिन्न चरण अंकका आधारमा पास-फेलको निधो हुने उल्लेछ । सो मापदण्ड कार्यान्वयन भएमा ट्रायल सुरूवातकै 'एट (८)' मा छिरेदेखि ट्रायल पूरा गरेर ननिस्किउञ्जेलसम्म विभिन्न प्यारामिटरमा अंक बाँडिने र त्यसका आधारमा अंक विभाजन गरी उत्तीर्ण वा अनुत्तीर्ण हुने व्यवस्था उल्लेख छ । 

यो ट्रायलको पूर्णांक १०० हुने र ६० आउनेहरू पास हुने विभागले जनाएको छ । प्यारामिटर र त्यसका अंक कति राख्ने भन्नेबारे हाल छलफल चलिरहेको विभागको भनाइ छ । 

अहिले हेल्मेटको लक नलगाए पनि ट्रायल फेल हुने नियम छ। अब भने त्यसमा पनि निश्चित अंक पाउनेछन् उल्लेख छ ।

हाल कार्यान्वयनमा रहेको मापदण्डअनुसार ट्रायल दिनेमध्ये २५ प्रतिशत मात्रै पास हुने गरेको विभागको भनाइ छ ।

यो पनि