असोज ०६, २०८१, आइतबार
               

घरायसी विवादमा बाबुले लगाए घरमा आगो, दुई छोराको जलेर मृत्यु

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

कालीकोट । घरायसी विवादमा बाबुले घरमा आगो लगाउँदा कालीकोटमा दुई छोराकाे जलेर मुत्यु भएको छ । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बाबुले घरमा आगो लगाउँदा दुई छोरा जलेका हुन् ।

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर आज बिहान मृत्यु भएको हो । विष सेवन गरेर बटालाकाे पनि गम्भीर अवस्था रहेको प्रहरीले जनाएको छ ।

घरायसी झगडाका कारण बटालाले घरमा आगो लगाउँदा उनका १२ वर्षीय गणेश र सात वर्षीय छोरा मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए ।


कस्तो लाग्यो ?

यो पनि