जेठ ०५, २०८१, शनिबार
               

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा तनाव, केही विद्यार्थी घाइते

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । 

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ ।

विश्वविद्यालयका भिसी नन्दबहादुर सिंह कार्यालयबाट निस्किने क्रममा विद्यार्थीहरुले ढुंगामुढा गर्न थालेपछि तनावग्रस्त बनेको हो ।

घटनामा केही विद्यार्थी घाइते भएका छन् । सुर्खेत प्रहरीका डिएसपी रामप्रसाद घर्तीका अनुसार घटनामा तीन जना विद्यार्थी घाइते भएका छन् ।

विश्वविद्यालयका भिसी सिंहलाई ज्ञापन पत्र बुझाउन विद्यार्थीको एउटा समूह कार्यालय पुगेको थियो । 

तर, सिंहले ज्ञापन पत्र बुझ्न मानेनन् । उनले मातहतका परीक्षा नियन्त्रण कार्यालय लगायतलाई ज्ञापन पत्र बुझाए हुने बताएका थिए ।

सिंहले ज्ञापन पत्र बुझ्न नमानेपछि आक्रोशित विद्यार्थीहरुले उनी निस्किने क्रममा ढुंगामुढा गरेको सुर्खेत प्रहरीका डिएसपी घर्तीले बताए । 

यो पनि