जेठ ०५, २०८१, शनिबार
               

तपाईँ नजाने मानहुँकोट ? (फोटो फिचर)

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

तनहुँ । पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाएको छ मानहुँकोट । 

पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मा पर्ने मानहुँकोटमा निकै भीड लाग्ने गर्छ । 

बिदाको दिन त झनै यहाँ हजारौं पर्यटक पुग्ने गरेका छन् । 

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले सो स्थान पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको छ । 

जाडो मौसम भएको र मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै मानहुँकोट पुग्ने गरेका छन् । 

मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयवासीले प्रत्येक घरमा होटल खोलिसकेका छन् । 

मानहुँकोटबाट दमौली बजार, मादीनदी, साँगेखोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) हो ।

यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि सुरु भएको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए ।

तस्बिर : रोशन भुजेल


कस्तो लाग्यो ?

यो पनि