जेठ ०५, २०८१, शनिबार
               

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

बारामा शनिबार राति प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । 

राति करिब पौने १० बजे गस्तीमा रहेको प्रहरी टोलीलाई गाँजा तस्करको समूहले गोली हानेको हो । 

बारा जिल्ला प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रका अनुसार गाँजा तस्करी भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुरबाट प्रहरी टोली भक्तलाल खोलाको बगरमा पुगेको थियो ।

त्यस क्रममा प्रहरीलाई देख्नासाथ तस्कर समूहले गोली चलाएको हो । जवाफमा प्रहरीले पनि ५ राउन्ड गोली चलाएको थियो । 

घटनास्थलबाट हेटौंडा उपमहानगरपालिका(६ का ४७ वर्षीय इमानसिंह तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 

उनको साथबाट १०२ किलो गाँजा पनि बरामद गरिएको डिएसपी गौतमले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि