जेठ ०५, २०८१, शनिबार
               

विराटनगरमा युवक बसभित्रै मृत भेटिए

नेपाल फ्ल्यास
पुस २६, २०७७

ADVERTISEMENT

विराटनगर । झापाको केरखाबाट विराटनगरको लागि छुटेको बसभित्र एक युवक मृत भेटिएका छन् ।

आइतबार बिहान केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन् ।

उनी जनसेवा यातायात प्रालिको मे १ ख ३३३३ नम्बरको बसमा चढेका थिए ।

विराटनगर बसपार्कमा सबै यात्रु ओर्लिएपछि उनी उत्रिएनन् । 

बसका कर्मचारीले हेर्दा मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार युवक मिर्गौला रोगी हुन् । उनी उपचारका लागि विराटनगरको नेशनल किड्नी सेन्टरमा आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि