जेठ ०५, २०८१, शनिबार
               

बागमती सफाइ महाअभियानको चार सय हप्ता पूरा

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती सफाइ महाअभियानको चार सय हप्ता पूरा भएको छ ।२०७० जेठ ५ गते तत्कालीन मुख्यसचिव लीलामणि पौडेलको नेतृत्वमा सुरुवात भएको सो अभियान शनिबार चार सय हप्ता पुगेको हो । 

स्वच्छता हाम्रो पहिचान सफाइमा मेरो योगदान भन्ने नाराका साद सुरु भएको सो अभियानले यतिलामो समय पार गरे पनि बागमतीको अवस्था भने सोचेअनुरुप हुन सकेको छैन । 

कार्यक्रममा बागमती सफाई अभियान्ताहरुले नदीमा फोहोर फाल्न हुँदैन भन्ने जनचेतना फैलाउनु मुख्य कुरा भएको बताएका छन् । यस्तै सरकारले बागमती लगायत कुनैपनि नदीमा फोहोर फाल्ने, ढल मिसाउने काम गर्नेलाई कानूनी कारबाही हुनेगरी कानून निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सहभागिता जनाएकी अभिनेत्री मनीषा कोइरालाले सबै नागरिकहरुलाई बागमती सफाइमा लाग्न आग्रह गरिन् । नदीमा मिसाइँदै आएको फोहोरलाई आधुनिक प्रविधिको प्रयोग गरी उर्जा उत्पादनमा लगाउने योजना सरकारले ल्याउनुपर्ने उनको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि