जेठ ०५, २०८१, शनिबार
               

करेन्ट लागेर हात्तीको मृत्यु

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीको खडक नगरपालिका-४ अमहामा आज (शनिबार) बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ ।  

दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउन बिछ्याएको विद्युतीय तारमा परेर भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती  खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए ।

हात्तीको मृत्युको घटनाबारे बुझ्न कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको वन कार्यालयले जनाएको छ ।  

कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।

सो क्षेत्र मात्र नभई जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतंक हुने गर्छ ।


कस्तो लाग्यो ?

यो पनि