जेठ ०५, २०८१, शनिबार
               

काठमाडौंमा श्रीमानको हत्या गरी श्रीमतीले गरिन् आत्महत्या
अमेरिकाबाट फर्किएका थिए श्रीमान्

नेपाल फ्ल्यास
पुस २५, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन् । 

सुर्खेत स्थायी घर भएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

परिसरका प्रवक्ता प्रमेश विष्टले श्रीमान बेडरुममा घोप्टो अवस्थामा मृत भेटिएको र श्रीमती झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । 

टोखास्थित ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा उनीहरु बस्दै आएका थिए । 

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । डीएसपी विष्टले अहिले नै के भएको भन्ने बारे आफूहरुले अनुसन्धान गरिरहेकाले वास्तविकता अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताए । 

तर, अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकृतका अनुसार श्रीमतीले पहिले श्रीमानको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए । 

उमेश केहीदिन अघि मात्रै अमेरिकाबाट फर्किएको बुझिएको छ । प्रहरीका अनुसार उनीहरुबीच केही दिनयता विवाद हुँदै आएको थियो ।

दुवैको शव पोष्टमार्टम्का लागि राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ ।


कस्तो लाग्यो ?

यो पनि