जेठ ०५, २०८१, शनिबार
               

मर्निङ वाकमा निस्केका पूर्वशिक्षक दुई सातापछि मृत फेला

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

पोखरा । कास्कीको मादी गाउँपालिका वडा नं ५, चितेपानी निवासी ५४ वर्षीय लेखनाथ अधिकारी बिहीबार मृत फेला परेका छन् ।

पुस ६ गते मर्निङ वाकमा निस्केका उनी हप्तािदनसम्म घर नफर्केपछि परिवारजनले खोजी गर्दा पनि भेटिएका थिएनन् । 

बिहान गाउँकै एक महिला घाँस काट्न जाँदा उनी रुखमा झुन्डिएको अवस्थामा भेटिएको आफन्तले जनाएका छन् । 

बेपत्ता हुनु एक साताअघि उनको पायल्सको अप्रेसनसमेत गरिएको उनका भाइ नमराज अधिकारीले बताए ।

शल्यक्रियापछि निकै पीडा भएपछि उनले यस्तो सहेर बस्नुभन्दा बरु मर्नु नै बेस भन्ने गरेको उनीसँग भेट हुनेहरुले बताएका छन् ।

उनी बेपत्ता भएपछि जिल्ला प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरको समेत सहयोगमा मादी क्षेत्रमा खोजतलास गरिएको थियो ।

धनुवास मावि, मादी–७ छाचोकका पूर्वशिक्षक अधिकारीका श्रीमती र ३ छोरी छन् । 


कस्तो लाग्यो ?

यो पनि