बैशाख २१, २०८१, शुक्रबार
               

काठमाडौंमा चक्कु प्रहार गरी लुटपाट

नेपाल फ्ल्यास
पुस २३, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

काठमाडौंमा चक्कु प्रहार गरी एक व्यक्तिमाथि लुटपाट भएको छ ।

काठमाडौ‌को टोखा नगरपालिका–९ दीपज्योतीमा चक्कु प्रहार गरी मोबाइल लुटपाट गरिएको हो ।

प्रहरीका अनुसार, सुर्खेत गुरुवाकोट नगरपालिका–६ घर भएका ती पुरुषको बुधबार राति मोबाइल लुटपाट भएको हो ।

४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिको समूहले ती पुरुषसहित दुई जनलाई चक्कु प्रहार गरी घाइते बनाएको र उनको साथमा रहेको मोबाइल लुटपाट गरी फरार भएका थिए । 

प्रहरीले दुई व्यक्तिमाथि चक्कु प्रहार गरेको भए पनि मोबाइल भने एक जनाको मात्रै लुटिएको जनाएको छ ।

लुटपाटको खबर पाउनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लुटेराहरुको खोजी गरिरहेको छ ।

चक्कु प्रहारबाट घाइते भएका दुई जनाको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि