जेठ ०६, २०८१, आइतबार
               

चोरीको मोटरसाइकलसहित धादिङका दुई युवक पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाईकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङलाई मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

धादिङ्ग, निलकण्ठ नगरपालिका–९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका वडा नं. १ देवीस्थानका २१ वर्षीय राजन तामाङलाई बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सिसीको पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ९८३५ रहेको खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल गत पुस २६ गते राति साढे ७ बजेको समयमा काठमाण्डौं सोह्रखुट्टे स्थित सडकबाट हराएको थियाे ।

यो पनि