जेठ ०६, २०८१, आइतबार
               

एमडी/एमएसको परीक्षाको नतिजा सार्वजनिक

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गत १८ गते लिएको एमडी/एमएसको नतिजा सार्वजनिक गरेको हो ।

आयोगका सदस्य सचिव डिल्लीराम लुइँटेलका अनुसार ५ हजार २२९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये अनुभवसहितको खुलामा २ हजार ४७० जना, विना अनुभव खुला तर्फ १५७ जना, सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तीर्ण भएका छन् । सहभागी परीक्षार्थीमध्ये उत्तीर्ण हुने परीक्षार्थी ५४.९८ प्रतिशत रहेका छन् ।

परीक्षामा ५ हजार ५ सय ६८ जनाले परीक्षा फारम भरेकोमा ३ सय ३९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन् । परीक्षामा सहभागीमध्ये २ हजार ८७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३५७ अनुत्तीर्ण भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि