जेठ ०६, २०८१, आइतबार
               

महाकालीमा नेपाललाई थाहै नदिई भारतले बाँध निर्माण गर्दै

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

काठमाडौं । दार्चुलास्थित महाकाली नदीमा भारतले  नेपाललाई थाहै नदिई बाँध निर्माण गर्दै थालेको समाचार आएको छ । दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रुपमा बाँध निर्माण थालेको हो ।

सो क्षेत्र नेपाली भूमि पर्ने दार्चुलावासीले दाबी गर्दै आएका छन् । ०७० असारमा आएको बाढीले महाकाली नदीको धार परिवर्तन गरेर नेपालतर्फको भूभाग नदीपारि परेको नेपाली भूभागमा भारतीय पक्षले तटबन्ध निर्माण अघि बढाएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिए ।

उनले भने, “भारतले एकतर्फी बाँध निर्माण गरेको देखेपछि मैले केन्द्र सरकारलाई जानकारी गराएको छु । यसबाहेक पुस २ गते धारचुलास्थित भारतीय प्रशासनलाई बाँध निर्माण रोक्न पत्राचार गरेको थिएँ । भारतीय पक्षबाट त्यसको जवाफ आएन ।”

सीमा क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा दुई देशको आपसी सहमति जरुरी हुन्छ । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार आफूले पत्र पठाएपछि भारतीय पक्षले काम रोक्नुको साटो झन तीव्र पारेको थियो ।

एकतर्फी तटबन्ध निर्माण कार्य जारी रहेपछि गृह मन्त्रालयको सिफारिसमा परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावास हुँदै भारतलाई कूटनीतिक पत्रसमेत पठाइएको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि