जेठ ०६, २०८१, आइतबार
               

डेढ लाख घुससहित तनहुँमा सबइञ्जिनीयर रंगेहात पक्राउ

नेपाल फ्ल्यास
पुस २३, २०७७

ADVERTISEMENT

तनहुँ । जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सबइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले बुधबार रंगेहात पक्राउ गरेको जनाएको छ ।

भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ । पटक–पटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेको अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जियार थारुका नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो ।

उक्त विद्यालयमा १४ लाख ६९ हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको थियो । घुस लिँदै गरेको अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाका लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । 

यो पनि