जेठ ०६, २०८१, आइतबार
               

विद्यालय भवन निर्माणका लागि भारतद्वारा आर्थिक सहयोग प्रदान

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

हुम्लाको चंखेली–दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि भारत सरकारले ४.४१३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारले आर्थिक सहयोग गरेको हो ।

भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच विद्यालयको प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आज (बुधबार) एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आवद्ध छ । 

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गतको उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ । 

सो परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । 

यो पनि