बैशाख २४, २०८१, सोमबार
               

सञ्चारमाध्यमलाई प्रेस काउन्सिलको यस्ताे अपिल

नेपाल फ्ल्यास
पुस २२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रेस काउन्सिल नेपालले पछिल्लो समय विभिन्न मिडियाको समाचारमा मर्यादित प्रेसको भावना नदेखिएको भन्दै पत्रकार आचारसंहिता बाहिर रहेर पत्रकारिता नगर्न आग्रह गरेको छ ।

काउन्सिलले एक अपिल जारी गर्दै पछिल्लो समय सत्तारुढ दल नेकपामा देखिएको राजनीतिक विभाजनको असर मिडियामा पनि देखिएको र समाचार तयारु गर्दा गालीगलौज तथा एकअर्काको व्यक्तित्व र आत्मसम्मानको समेत ख्याल नगरिएको भन्दै ध्यान दिन अपिल गरेको छ ।

काउन्सिलले सञ्चारमाध्यमलाई जिम्मेवार बन्न आग्रह गर्दै समाचारमा सभ्य, मर्यादित र शिष्ट भाषाको प्रयोग गर्न अपिल गरेको छ ।

अमर्यादित र छाडा शब्दहरु कोही कसैलाई उधृत गरेरसमेत प्रयोग नगर्न उसले अपिल गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि