काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी प्रदूषणबाट बच्न पाँच बुँदे सल्लाह दिएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा घरबाहिर वा मर्निङ वाकमा ननिस्कन, फाहोर जथाभावी नजलाउन, केही दिन धुलो, धुँवा उड्ने खालका काम नगर्न र अत्यावश्यक नभई सवारीसाधन नचलाउन मन्त्रालयले अपिल गरेको हो ।
स्वास्थ्य मन्त्रालयको अपिल