जेठ ०६, २०८१, आइतबार
               

मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु

नेपाल फ्ल्यास
पुस २१, २०७७

फाइल फोटो
ADVERTISEMENT

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको छ ।

बाग्मती नगरपालिका ३ स्थित नयाँरोड–बरहथवा सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ४००९ नम्बरको मोटरसाइकलको ठक्करबाट हरिणको ज्यान गएको हो ।

हरिणलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो । त्यस क्रममा मोटरसाइकल चालक कन्चनरुप नगरपालिका–११ बस्ने २२ वर्षीय सुनिल थापा सामान्य घाइते भएका छन् ।

मोटरसाइकल पछाडि बसेका सर्लाहीको हरिपुर नगरपालिका–१ बस्ने २५ वर्षीय शिव कुमार महतो घाइते भएका छन् । उनको टाउको र कुममा चोट लागेको प्रहरीले जनाएको छ  । 

दुबैको हनुमन्ते अस्पताल बरहथवामा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

प्रहरीले इलाका वन कार्यालय मुर्तीयाको टोलीलाई मोटरसाइकल र मृतक हरिण जिम्मा लगाएको छ ।

कारको ठक्करबाट बाघको मृत्यु

यसअघि गत शनिबार बारामा निजी कारको ठक्करबाट पाटे बाघको ज्यान गएको थियो । 

पश्चिमबाट पूर्व जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट बाराको पथलैया–अमलेखगञ्ज सडकको आधाभार जंगलमा वयस्क पाटेबाघको ज्यान गएको थियो ।


कस्तो लाग्यो ?

यो पनि