जेठ ०६, २०८१, आइतबार
               

उपत्यकामा वायु प्रदूषण एकै दिनमा दोब्बर

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौँ– २४ घण्टाको अवधिमा काठमाडौँको वायु प्रदूषण दोब्बर वृद्धि भएको छ ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागका अनुसार आइतबार भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्यूआई) १७३ रहेको थियो भने सोमबार भैंसेपाटीकै एक्यूआई ४०३ पुगेको छ ।

जुन अघिल्लो दिनको तुलनामा दोब्बरभन्दा बढी हो । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदूषित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा हिजोदेखि घाम नलाग्नुको कारण पनि पश्चिमी वायुको प्रभाव रहेको भन्दै मौसमविद् डाक्टर ऋषिराम शर्माले उपत्यकाको वायु पनि धेरै खराब रहेको बताएका छन् ।

जनस्वास्थ्यविदहरुले अहिले घरबाहिर ननिस्कन सुझाव पनि दिएका छन् ।

घर बाहिर हिडडुल गर्नेले पनि अहिलेको वायु प्रदूषणको अवस्था थाहा पाउन सक्ने बताउँदै घरबाहिर हिँड्नेको आँखा पोल्ने गरेको तथा लगातार हेर्न समस्या भएको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि