जेठ ०६, २०८१, आइतबार
               

उपत्यकामा वायु प्रदुषण उच्च : बाहिर ननिस्किन विज्ञको सुझाव

नेपाल फ्ल्यास
पुस २१, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च देखिएको छ । 

सोमबार साँझ काठमाडौं, भैंसेपाटीको एअर क्वाली इन्डेक्स (एक्युआई) ४०३ पुगेको छ । यो अघिल्लो दिनको भन्दा दुई गुणा बढी हो ।

पश्चिमी वायुको प्रभावका कारण काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बढेको र वायु अत्यधिक प्रदुषित भएको मौसमविद् डाक्टर ऋषिराम शर्माले बताए ।  

वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागको आँकडाले पनि उपत्यकाको वायु अत्याधिक प्रदुषित भएको जनाएको छ । 

वातावरण विभागको वायु गुणस्तर निगरानीका अनुसार आइतबार भैंसेपाटीको एक्युआई १७३ थियो ।

२४ घण्टामै वायुको गुणस्तरमा दुई सय प्रतिशतभन्दा बढीले खराब भएको हो । 

हिजो (सोमबार) दिनभर काठमाडौं उपत्यकामा घाम लागेन । आज पनि बिहानैदेखि घाम देखिएको छैन । वायु प्रदुषण बढेपछि सडकमा हिँड्दा आँखा पिरो भएको पैदल यात्रुले अनुभव गरेका छन् ।

हिजो साँझपख घर बाहिर निस्कने धेरैले आँखा पिरो भएको अनुभव गरेका थिए । 

अत्याधिक वायु प्रदूषणका कारण समस्या भएकोले आज र भोलि घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञको आग्रह छ । 

कति घातक ?

फोक्सोका रोगहरू, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदुषणसँग जोडिएका हुन्छन् ।

वैज्ञानिकहरूको एउटा टोलीले घर बाहिरको वायु प्रदुषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ । यो २.९ वर्षको नयाँ औसत पहिले अनुमान गरिएभन्दा दोबर र सूर्ती धुमपानभन्दा बढी हो ।

कार्डियोभास्कुलर रिसर्च जर्नलमा प्रकाशित एउटा अध्ययनमा उनीहरूले युद्धसहित सबैखाले हिंसाभन्दा प्रदुषण १० गुणा बढी घातक भएको दाबी गरेका छन् ।

अध्ययनकर्ताहरूले वायु प्रदुषणका कारण हुने मृत्युको सङ्ख्या धुमपानबाट हुनेभन्दा धेरै भएको पत्ता लगाएको दाबी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि