जेठ ०५, २०८१, शनिबार
               

सवारीचालक अनुमतिपत्रको अनलाइन फारम पुन: बन्द

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुन: बन्द भएको छ । सोमबार यायायात व्यवस्था कार्यालयले एक सूचना जारी गरी सो जानकारी दिएको हो । सो सूचनामा भनिएको छ, ‘एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरिएको छ ।’ फारम भर्ने अनलाइन सर्भरमा समस्या आएपछि मर्मतकार्यका लागि सर्भर बन्द गरिएको विभागले सूचनामार्फत जानकारी दिएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

लामो समयपछि फारम खुलेकाले एकैपटक धेरै निवेदन आउँदा सेवाग्राहीको चापका कारण सर्भरमा समस्या आएको विभागले जनाएको छ । सेवाग्राहीले पनि फारम भर्न नपाएको भन्दै गुनासो गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि