जेठ ०६, २०८१, आइतबार
               

विवादित व्यक्तिलाई विश्वविद्यालयमा पदाधिकारी नबनाउनुस् : डा. केसी

नेपाल फ्ल्यास
पुस २०, २०७७

ADVERTISEMENT

काठमाडौं विश्वविद्यालयमा विवादित व्यक्तिलाई पदाधिकारी नबनाउन डा. गोविन्द केसीले आग्रह गरेका छन्।

दलीय राजनीतिक भागबन्डाको अन्त्य गर्न पनि केसीको माग छ ।

काठमाडौं विश्वविद्यालयमा पदाधिकारी छनौट गर्न सर्च कमिटी गठन भएको छ । 

केसीले आइतबार विज्ञप्ति जारी गरेर काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भइरहेको चलखेलप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘हामी लामो समयदेखि विश्वविद्यालय सुधारका लागि पदाधिकारी नियुक्तिमा दलीय भागवण्डाको अन्त हुनुपर्ने मागसहित संघर्षमा छौं,’ उनले भनेका छन्, ‘पछिल्लो सत्याग्रहपछि नियुक्ति प्रक्रियामा सुधारका लागि कानुनी व्यवस्था गर्ने सम्झौता समेत भएको छ ।’

आफूहरूसँग विगतमा भएका सम्झौताअनुसार नयाँ कानुन नबनुन्जेल वरिष्ठता र कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्त गर्न पनि उनले आग्रह गरेका छन् ।

‘वरिष्ठता तथा कार्यक्षमताका आधारमा पदाधिकारी नियुक्ति गर्न तथा भ्रष्ट र काठमाडौं विश्वविद्यालयका विवादित पदाधिकारीहरुलाई फेरि नियुक्त नगर्न सरकारको ध्यानाकर्षण गराउँछौं,’ डा. केसीले भनेका छन् ।

काठमाडौं विश्वविद्यालयमा अनियमितताको आरोप लागेका रामकण्ठ माकाजु फेरि उपकुलपति हुने तयारी गरिरहेका छन् । तर उनले आरोप अस्वीकार गर्दै आएका छन् । 

कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा उपकुलपति सर्च समिति बनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि