जेठ ०६, २०८१, आइतबार
               

सीता दाहाललाई थप उपचारका लागि भोलि भारत लगिने

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ । 

विगत केही दिनयता अस्वस्थ रहेकी दाहाललाई थप उपचारका भोलि (सोमबार) भारत लैजाने तयारी भएकाे हाे । 

स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ । व्यस्तताका कारण उनले जान नचाहे पनि सीताले प्रचण्डसँगै जान चाहेकाे बताइएकाे छ । 

सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि