बैशाख २१, २०८१, शुक्रबार
               

कोटेश्वरमा कटुवा पेस्तोल देखाएर लुट्ने प्रयास

नेपाल फ्ल्यास
पुस १९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ ।

आइतबार बिहान ६:३० बजे  काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरमाथि लुटपाटको प्रयास भएको हो । 

'कटुवा पेस्तोल देखाएर मोबाइल फोन माग्यो । आफूले प्रतिवाद गर्दा पेस्तोल झरेपछि ती व्यक्ति भागेको भन्ने खबर आएको थियो,' उनले भने । उनले घटना भएपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि