काठमाडौं । धादिङ घर भएकी सविना सुवेदी थापा थापाले जन्माएको नवजात शिशुको मृत्यु भएपछि उनका आफन्तले कीर्तिपुर अस्पतालमा तोडफोड गरेका छन् ।
सुत्केरी हुन नसकेपछि अस्पताल भर्ना भएकी थापाकाे शिशुकाे निधन भएपछि आफन्तले तोडफोड गरेका हुन् । अस्पताल तोडफोड गर्ने १७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
पीडितका आफन्तले डाक्टरको लापरवाहीले बच्चाको निधन भएको दावी गर्दै तोडफोड गरेका हुन् । पक्राउ गरिएकाहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीको हिरासतमा राखिएको छ ।