बैशाख १७, २०८१, सोमबार
               

जंगली बँदेलले चार जनालाई घाइते बनायो

नेपाल फ्ल्यास
पुस १८, २०७७

ADVERTISEMENT

दाङ । दाङमा  जंगली बँदेलको आक्रमणबाट चार जना घाइते भएका छन् ।

जंगली बँदेलको आक्रमनबाट लमही नगरपालिका वडा नं. २ का ८ वर्षीय बालक शिरिष गिरी, ३० वर्षीय मिठ्ठु चौधरी, ५० वर्षीया धनियाँ चौधरी र लमही वडा नं. १ की ४० वर्षीया हिरादेवी चौधरी घाइते भएका छन् ।

घाइते शिरिस र मिठ्ठुलाई लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए । धनियाँ र हिरादेवी चौधरीको लमहीमै उपचार भइरहेको छ ।

बँदेलले आक्रमण गरी अधिकांश घाइतेको खुट्टा र तिघ्रामा गहिरो घाउ बनाएको छ ।

बुटवल रिफर गरिएका शिरिस र मिठ्ठुलाई भने ढाड, छाती लगाए शरीरका विभिन्न भागमा घाउ चोट लागेको जनाएकाे छ ।

प्रहरी निरीक्षक पौडेलले वन खुलेपछि सुकेका दाउरा र माघीको तयारीका लागि मालुका पात लिन भनेर लमही १ स्थित सिङ्गेखोला सामुदायिक वनमा गएको समयमा जंगली बँदेलले आक्रमण गरेर घाइते बनाएको जानकारी दिए ।

‘बँदेलले बच्चा जन्माएको रहेछ,’ पौडेलले भने, ‘बँदेलले आफ्ना बच्चा लिन आए भन्ने ठानेर आक्रमण गरेको भन्ने छ ।’

शनिबार माघी पर्वको तयारीका लागि भन्दै लामो समयको अन्तरालपछि वन खोलिएको प्रहरीले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि