जेठ ०४, २०८१, शुक्रबार
               

'बालकलाई चाउचाउ दिएर फकाइन्, सुतेपछि घाँटी थिचेर हत्या गरिन्'

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

धनुषाको विदेह नगरपालिका–२ का ५ वर्षीय बालक अभिनन्दन राय अमात बिहीबार दिउँसोदेखि बेपत्ता भए । दिउँसो २ बजे घर वरपर खेलिरहेका स्थानीय जीवन राय अमातका छोरा अअभिनन्दन एकाएक हराए ।

उनी बेपत्ता भएको दुई दिनमा (शुक्रबार) हत्या गरेर गाडिएको अवस्थामा शव फेला पर्यो । घरभन्दा एक किलोमिटर दक्षिण ब्रहमदेव रायको भैँसी गोठमा बालकको शव फेला परेको हो । 

बालक हराएको खबरपछि दुहबी प्रहरी चोकीबाट खटिएको टोलीले खोजतलास गर्दा बालककै नाता पर्ने ब्रम्हदेव रायको गोठमा शव फेला पारेको थियो ।

खुट्टाको भाग मात्र देखिने गरी गाडिएको अवस्थामा शुक्रबार खोजतलासको क्रममा शव फेला परेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

रिसिइबीका कारण हत्या

अभिनन्दनको हत्या आर्थिक लेनदेनको रिसिइबीका कारण भएको खुलेको छ ।

ब्रह्मादेवकी जेठी छोरी २६ वर्षीया प्रमिलादेवीले बालकको हत्या गरेको स्वीकार गरिसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) मकेन्द्र मिश्रले जानकारी दिए ।

प्रहरीका अनुसार, अभिनन्दन घरबाट खेल्न निस्किएका थिए । बालक खेलिरहेको ठाउँमा प्रमिलादेवी पुगिन् । उनले बालकलाई चाउचाउ खान दिइन्  । 

चाउचाउ खाएर बसिरहेका बालकले मध्यान्ह १२ बजे आफूलाई निन्द्रा लागेको बताएपछि प्रमिलाले गोठमा (बुबा सुत्ने ओछ्यानमा) लगेर सुताएकी थिइन् ।

बालक सुतिसकेपछि घरमा कोही नभएको मौका पारेर बालकको घाँटी थिचेर हत्या गरेको प्रमिलादेवीले स्वीकार गरेको प्रहरीले बताएको छ । 

बालकको हत्यापश्चात साँझ साढे ६ बजे घटनास्थलबाट बालकको शव उठाई भैँसी बाध्ने गोठमा सानो खाल्डो खनेर बालकलाई पुरेको प्रमिलादेवीले प्रहरीसमक्ष बताएकी छिन् । 

बालकलाई आफ्नो सेतो सलले बेरेर उनले माथिबाट खरानीले छोपेकी थिइन् । 

बालकको परिवारसँग आर्थिक लेनदेनको रिसीबीका कारण अभिनन्दनको हत्या गरेको प्रमिलादेवीले प्रहरीमा बयान दिएकी छन् ।

प्रहरीले घटनापश्चात प्रमिलादेवी लगायत पाँच जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि