जेठ ०४, २०८१, शुक्रबार
               

गोठमा गाडिएको अवस्थामा बालकको शव फेला

नेपाल फ्ल्यास
पुस १७, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेको हाे । 

बालक दुई दिनदेखि बेपत्ता थिए । खोजी गर्ने क्रममा बालकको शव उनकै हजुरबुबा पर्नेको गोठमा गाडिएको अवस्थामा फेला परेको मिश्रले बताए ।

प्रहरीले शवको प्रकृति हेर्दा घाँटी थिचेर हत्या गरी गाडेको हुन सक्ने अनुमान गरेको छ । बिहीबार दिउँसो २ बजे खेलिरहेको अवस्थामा बालक बेपत्ता भएका थिए ।

मिश्रले भने, ‘शुरुआती क्रममा उनको घाँटी थिचेर हत्या गरेको देखिन्छ, शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएका छौँ । रिपोर्ट आएपछि अन्य अनुसन्धान अगाडि बढ्छ ।”

बालकको शव फेला परेपछि तत्काल अनुसन्धानका लागि प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुसँग सोधपुछ भइरहेको मिश्रले बताए ।


कस्तो लाग्यो ?

यो पनि