जेठ ०४, २०८१, शुक्रबार
               

गोदावरी नगरपालिकामा बेवारिसे शव फेला

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

कैलाली । कैलालीको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायिक वनभित्र पर्ने चिसापानी खोलामा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

प्रहरीका अनुसार मृतकको शव सडेको अवस्थामा फेला परेको र नजिकै सेतो रङको गन्जी र हरियो रङको हाफसर्ट फेला परेको हो ।

शवको प्रकृति हेर्दा तल्लो शरीरमा निलो रङको जिन्स पाइन्ट लगाएको, उचाइ  अन्दाजी पाँच फिट पाँच इन्च, उमेर अन्दाजी २५/३० वर्षको जस्तो देखिने, दायाँ हातको पाखुरामा नाग (सर्प) र शिवलिङ्गको ट्याटु भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि