बैशाख २२, २०८१, शनिबार
               

बालुवाटार जग्गा प्रकरण : आरोपी उमाकुमारीलाई धरौटीमा छाड्न अदालतको आदेश

नेपाल फ्ल्यास
पुस १७, २०७७

ADVERTISEMENT

काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा आफ्नो नाम गरेको अभियोग लागेको उमाकुमारी ढकाललाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले थुनछेक बहसपछि आज उक्त धरौटी लिएर छाडने आदेश जारी गरेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त अभियोगमा उमाकुमारीसँग ९१ लाख २० हजार रुपैयाँ बिगो माग दाबी गरेको थियो । राष्ट्रसेवक कर्मचारी र पदाधिकारीलाई अनुचित प्रभावमा पारी सार्वजनिक जग्गा गैह्र कानूनी रुपमा आफूसमेतको नाममा सट्टा गरेको र राज्यलाई प्रत्यक्ष हानी पुर्याएकाले उनलाई अख्तियारले दुई वर्ष कैद वा बिगो जफत र जरिवानाको माग गरेको थियो ।

ललिता निवास प्रकरणका प्रमुख अभियुक्त डा. शोभाकान्तकी पत्नी उमाकुमारी हुन् । सरकारी र सार्वजनिक जग्गा बेचेको अभियोग लागेका डा ढकालसँग अख्तियारले ३९ करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि