जेठ ०४, २०८१, शुक्रबार
               

कुनै पनि प्रकारको लोडसेडिङ भएको छैन : विद्युत प्राधिकरण

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुनै पनि प्रकारको लोडसेडिङ नभएको र लोडसेडिङ गर्नुपर्ने अवस्थासमेत नरहेको बताएको छ ।

पटक-पटक विद्युत कटौती भइरहँदा सरकारको आलोचना भइरहेका बेला नेपाल विद्युत प्राधिकरणले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो । 

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाद्वारा जारी सो विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय विद्युत् प्राणालीमा भारवहनभन्दा बढी विद्युत् प्रवाह हुँदा केही समय विद्युत् प्रसारण तथा आपूर्ति अवरोध हुँदा लोडसेडिङ भएको हो ।’

प्राधिकरणले प्रसारण प्राणालीमा अधिक भार हुँदा, पोलहरु सार्ने, ट्रान्सफर्मर प्रतिस्थापन गर्ने, वितरण प्रणालीमा पुराना संरचना मर्मतसम्भार गर्ने कार्य हुँदा र प्राकृतिक वा आकस्मिक समस्या हुँदा विद्युत् प्रसारण रोकिनसक्ने भन्दै यसलाई लोडसेडिङ भन्न नमिल्ले तर्क अघि सारेको छ । 


कस्तो लाग्यो ?

यो पनि