जेठ ०४, २०८१, शुक्रबार
               

सवारीचालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्ने सेवा सुरु

नेपाल फ्ल्यास
पुस १६, २०७७

ADVERTISEMENT

बागमती प्रदेशमा सवारीचालक अनुमति पत्रको अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरिएको छ । बागमती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारीचालक अनुमति पत्रको अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरेको हो । 

काठमाडौं उपत्यकासहित, चितवन, नुवाकोट, रसुवा, धादिङ, सिन्धुली, काभ्रे, मकवानपुर, दोलखा र रामेछापलगायत जिल्लामा स्थायी बसोबास गर्ने नेपाली नागरिकलाई सवारीचालक अनुमति पत्रको अनलाइन फारम भर्ने सेवा आजदेखि सुरु गरिएको भएको र यसलाई निरन्तता दिइने बागमती प्रदेश यतायात सेवा कार्यालयका प्रमुख भक्तबहादुर भण्डारीले बताए ।

केही महिनाअघि प्रदेशको केही जिल्लाबाट विभिन्न प्रकारको सवारी साधनको अनुमतिपत्र प्राप्त गर्नका लागि लिखित परीक्षा उत्तीर्ण गरिएको र ट्रायलको परीक्षा दिन बाँकी रहेका साथै ट्रायल परीक्षमा अनुउत्तीर्ण भएका परीक्षार्थीसमेतलाई मौकाको ट्रायल परीक्षमा गरी कूल ६८५ जनालाई समावेश गराउने तयारी भइरहेको उनले बताए ।

उनका अनुसार केही महिनाअघि लकडाउनका कारण स्थगन गरिएको ट्रायल परीक्षा यही पुस १९ देखि २२ गतेसम्ममा सञ्चालन हुने पनि जानकारी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि