जेठ ०४, २०८१, शुक्रबार
               

के अघोषित लोडसेडिङ सुरु भएको हो ?
प्राधिकरणलाई ऊजामन्त्रीको निर्देशन–‘एक सेकेन्ड पनि बत्ति जान छुट छैन ।’

नेपाल फ्ल्यास
पुस १५, २०७७

ADVERTISEMENT

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लोपटक मन्त्रिपरिषद् विस्तार गरे । सो क्रममा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी पाए टोपबहादुर रायमाझीले । 

उनले शपथ र पदभार ग्रहण गरेकै दिनबाट काठमाडौं उपत्यकामा झ्याप्प–झ्याप्प बत्ती जाने समस्या सुरु भयो । हुन त त्यसअघि पनि पटकपटक झ्याप्प–झ्याप्प बत्ती जाने समस्या देशको सबैजसो क्षेत्रमा हुन्थ्यो ।

तर, पछिल्लो साता भने बिजुली कहिले आउने कहिले जाने भइरहेको छ । लाइन आउने जाने टुङ्गो नहुने त विनासूचना घण्टौँ लाइन काटिने समस्याले आमउपभोक्ता आक्रान्त छन् ।

त्यसमाथि विद्युत् प्राधिकरणका वितरण केन्द्रहरूको सेवा सुस्त छ । लाइन काटिएपछि उपभोक्ताले के कसरी लाइन काटियो भन्ने जानकारी लिन नो लाइटमा फोन गर्दा नलाग्ने समस्या उस्तै छ । 

विद्युत् प्राधिकरणको यस्तो व्यवहारबाट फेरि पनि लोडसेडिङकै अवस्थामा भोग्ने दिन आउन लागेको त होइन भनेर आममानिस चिन्ता गर्न थालेका छन् । विभिन्न बहानामा बिजुली काटिने क्रम बढेपछि उपभोक्ताहरू सशङ्कित छन् । 

साँझ–बिहान दिनदिनै बिजुली जान थालेपछि फेरि लोडसेडिङका अँध्यारा दिन फर्किने हुन् कि भन्ने संशयले उपभोक्ता त्रसित छन् । अकस्मात् विद्युत् कटौतीप्रति चोक गल्ली तथा सामाजिकसञ्जालमा सरकार र नेपाल विद्युत् प्राधिकरणको चर्को आलोचना भइरहेको छ ।  हरेक पटक बत्ती जाँदा जनताले कुलमानलाई सम्झिरहेका हुन्छन्। यो समस्यालाई धेरैले मन्त्री रायमाझीको चुनौतीको रुपमा मात्र लिएका छैनन्, सरकारको सिङ्गो सफलताको विषयसँग जोडेर हेरेका छन् ।

‘एक सेकेन्ड पनि बत्ती जाने छुट छैन’ भन्दै कड्किए मन्त्री रायमाझी

ऊर्जामन्त्री वर्षमान रायमाझीले पछिल्लो केही दिनयता विद्युत् वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् । बुधबार उनले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यसहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकलाई समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् । 

मन्त्री रायमाझीले कार्यकारी निर्देशकलाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि निर्देशन दिए ।

 टोपबहादुर रायमाझी, मन्त्री, ऊर्जा, जलश्रोत तथा सिँचाइ

‘तपाईंहरु संवेदनशील निकायको जिम्मेवारीमा रहेको व्यक्ति हो, यो भनेको सिङ्गो सरकारका लागि प्रत्यक्ष देखिने गरी काम गर्ने निकाय हो । यस्तो कार्यालयमा काम गर्नेका लागि एक मिनेट पनि ढिला गर्ने छुट छैन, एक सेकेन्ड पनि बत्ती जाने अवस्था ल्याउने छुट छैन,’ मन्त्री रायमाझीले भने ।

मन्त्री रायमाझीका निजी सचिव नारायणबहादुर खत्री भन्छन्, ‘कुनै पनि बहानामा एक सेकेन्ड पनि विद्युत् काटिने समस्या नआओस्, प्राधिकरणले प्रवाह गर्ने सेवाबारे कुनै गुनासो आएको सुन्न नपरोस् । उत्पादन, प्रशारण वा वितरणमध्ये कुनै पनि प्रणालीमा समस्या आए तत्काल समाधान गर्न २४ सै घन्टा ‘रेस्पोन्स’ टोली तयारी अवस्थामा राख्न राख्नुहोस् भन्दै उजामन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

तत्कालै समाधान गर्ने प्राधिकरणको आश्वासन

जवाफमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले केही दिनयता विद्युत् प्रणालीमा आएको समस्या तत्कालै समाधान गर्ने बताएका छन् । साँझको समयमा विद्युत् खपत बढी भएकाले समस्या आएको उनले सुनाए । 

प्राधिकरणको व्यवस्थापनको पक्षमा ऊर्जामन्त्रीले प्रश्न उठाएपछि कार्यकारी निदर्शेकले भने सबैलाई आफ्नोआफ्नो ठाउँमा रहेर काम गर्न निर्देशन दिएको बताए । नो लाइटमा पनि रेस्पोन्स गर्नु भनेर अलर्ट गराइएको उनले बताए ।

लोडसेडिङ हुन लाग्यो भन्ने हल्ला मात्र हो : प्राधिकरण

काठमाडौंमा अहिले विद्युतको उच्चतम माग करिब ३७७ मेगावाट जति छ । यो गत वर्षको भन्दा करिब ५० मेगावाट थोरै हो । तर, माग घट्दा पनि विद्युतको सुमदन तिम्सिना, प्रवक्ता, नेपाल विद्युत् प्राधिकरणचारु आपूर्ति हुन नसकेपछि व्यवस्थापनमा त्रुटि भएको भनी आलोचना हुँदै आएका छन् । 

उपभोक्ताको गुनासोप्रति नेपाल विद्युत् प्राधिकरण पनि बेखबर छैन । पुरानो विद्युत् वितरण प्रणालीका कारण बेलाबेला विद्युत् जाने समस्या पहिलेदेखि नै कायम रहेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिना बताउँछन् ।

‘यो लोडसेडिङ नै भएको होइन । साँझ–बिहानको कुनैबेला मागअनुसारको विद्युत् व्यवस्थापनमा चाप परेको मात्र हो  । लोडसेडिङ हुन लाग्यो भनी फैल्याइएको अफवाह गलत हो ।’


कस्तो लाग्यो ?

यो पनि