बैशाख १४, २०८१, शुक्रबार
               

नेपाल प्रहरी नै ठगीमा परेपछि...

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

वीरगञ्ज ।  क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रा.लि वीरगञ्जका सञ्चालक पिताम्बरकुमार मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको छ।  सिपाहीका आवश्यक २० हजार थान उलन पाइन्टको कपडा खरिद गर्ने ठेक्का पाएको सो कम्पनीका  सञ्चालक मुर्काले प्रहरीलाई नै ठगी गरेको खुलेको हो ।

प्रहरीलाई ठगेको भेटिएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा किटानी जाहेरी दिएपछि त्यसैको आधारमा उनी पक्राउ परेका हुन् ।  उनले कपडाको गुणस्तर परीक्षणमै चलखेल गरेको खुलेको छ । 

एक स्रोतका अनुसार उनले नेपाल प्रहरीको नाम, जिम्मेवार अधिकृतको नाम, मोबाइल नम्बर तथा इमेलसमेत उल्लेख गरी अर्को नमुना पठाएको खुलेको छ । यसरी, पठाएइको नमुनाको रिपोर्ट पहिले प्रहरीलाई प्राप्त भएको थियो ।

घटनाप्रति थप अनुसन्धान भइरहेको छ । सामान्यतयाः कानुनका ज्ञान नभएका र पढलेख कम भएकालाई ठगहरुले जालमा पार्ने गर्छन् भन्ने आमधारणा छ। 


कस्तो लाग्यो ?

यो पनि