बैशाख २१, २०८१, शुक्रबार
               

आज राजा वीरेन्द्रको ७६औँ जन्मजयन्ती मनाइँदै

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडौं । आज तत्कालिन स्वर्गीय राजा वीरेन्द्र विरबिक्र शाहको ७६ औँ जन्मजयन्ती मनाइँने भएको छ । आज उनको विशेष सम्झना गरेर मनाइँने भएको हो । स्वर्गीय राजा वीरेन्द्रको जन्म बुवा महेन्द्र र आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट २००२ साल पुस १४ गते भएको थियो । 

उनको जन्म जयन्तीका दिन आज काठमाडौको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण र विशेष पूजाको आयोजना गरि मनाइँदै छ । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए ।

त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जन प्रेमी राजाका रुपमा पनि चिनिन्छ ।

इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत् २०५८ साल जेठ १९ गते शुक्रबारका दिन नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश गरिएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।
 

यो पनि