बैशाख २१, २०८१, शुक्रबार
               

ग्याबिन तारजालीमा तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा ५ जनाविरुद्ध मुद्दा

नेपाल फ्ल्यास
पुस १४, २०७७

ADVERTISEMENT

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँच जनाविरुद्ध विशेष अदालतमा साेमबार मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इञ्जिनियर पाण्डवप्रसाद देव, महादेव खिम्ती मैनाचुली जेभीका प्रमुख रवि सिंह र प्रबन्ध निर्देशक मदनकुमार अधिकारी तथा त्यही निर्माण कम्पनीका प्रतिनिधि सन्तोष प्रधानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

ग्याबिन तार जालीमा घोटाला भएको पाइएको भन्दै छानबिन गर्दा अनियमितता भएको पाइएपछि आयोगले गरेको छानबिनमा तीन करोड ६५ लाख नौ हजार चार सय ५६ रुपैयाँ बराबरको बदमासी भेटिएको हो । 

आयोगले आरोपी सबैलाई बिगोअनुसारको कारबाहीको माग दाबी गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि