बैशाख २१, २०८१, शुक्रबार
               

श्रीमानको हत्या गरेर श्रीमती प्रहरीको सम्पर्कमा

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

रुकुम पश्चिम । उनान्चालीस वर्षीय श्रीमान हत्या गरेर एक महिला आफैँ प्रहरीको सम्पर्कमा गएकी छन् । किटेनीकी ५० वर्षीया डल्ली बुढा आफूले श्रीमानको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गएकी हुन् । घरायसी विवादमा धारिलो चक्कु हानेर पति थापाको हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले बताएको छ । 

आइतबार बिहान चार बजे हत्या गरी बेलुकी ५.१५ बजेतिर आफूले श्रीमानको हत्या गरेँ भन्दै आफैँ कार्यालयमा आएको प्रहरीले बताएको छ ।सो जानकारीपश्चात् प्रहरी घटनास्थलमा गएको थियो । 

प्रहरी घटनास्थलमा पुग्दा थापाको शव उनकै घरभित्र भेटिएको थियो । सोसँगै श्रीमतीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया थालिएको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । 

यो पनि