बैशाख २०, २०८१, बिहीबार
               

बागमती प्रदेशले माग्यो ११५२ जना कर्मचारी

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशको प्रदेश लोकसेवा आयोगले एकैपटक १ हजार १५२ जना कर्मचारी मागेको छ ।

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन गर्दै एकै पटक हजार बढी कर्मचारी माग गरेको हो । आज माग गरिएका कर्मचारीहरु बागमती प्रदेशका चार वटा मन्त्रालय र प्रदेशका ६२ वटा पालिकामा रिक्त रहेका पदका लागि रहेको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले जानकारी दिए ।

प्रदेश लोकसेवा आयोगले खुल्लातर्फ ५३८ जना, ज्येष्ठतातर्फ ४०७ जना, कार्यक्षमतातर्फ १९६ जना, आन्तरिक प्रतियोगितातर्फ ९ जना, कार्यसम्पादनतर्फ २ जना माग गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि