बैशाख २१, २०८१, शुक्रबार
               

मोटरसाइकल र टौवामा आगजनी

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

लमजुङ । अज्ञात समूहले  लमजुङ बेसीशहर नगरपालिका-२ मा छुट्टाछुट्टै दुई मोटरसाइकल र दुई वटा परालका टौवामा आगजनी गरेको छ ।

बोजबहादुर बरालको ग ८ प ९३३७ र सूर्यनाथ बराललको ग ५ प १७४४ नम्बरको मोटरसाइक तथा रामबहादुर देउजा र रामदेव घिमिरेका परालको टौवामा आज बिहान आगजनी भएको भएको हो ।   

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पुनले सूर्यनाथकै ग १ ख २४७२ को बेसीशहर नारायणगढ चल्ने माइक्रोबसमा समेत आगजनीले  सामान्य क्षति पुर्‍याएको जानकारी दिए  ।

मोटरसाइकल जल्दै गरेको अवस्थामा गस्तीमा खटिएका प्रहरी टोलीले देखेपछि आगो तत्काल नियन्त्रणमा लिन सफल भएको बताइएको छ ।  


कस्तो लाग्यो ?

यो पनि