बैशाख २१, २०८१, शुक्रबार
               

सिद्धिखोलाबाट विद्युत् निकालिने

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

मङ्गलबारे । इलाममा थप एउटा जलविद्युत् सञ्चालनमा आउने भएको छ । इलामको सिद्धिखोलाबाट ६.५ मेगावाटको जलविद्युत् सञ्चालन हुने भएको हो । रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको सिमाना बनाएर बग्ने सिद्धिखोलामा सिद्धि हाइड्रो सञ्चालन हुने भएको हो । 

आउने २०७८ साउनसम्ममा काम सम्पन्न गर्ने गरी काम थालिएको छ । रोङ–६ र सूर्योदय नगरपालिका–५ को खरबनी नजिकैको स्थानमा हेड ट्याङ्की निर्माण गरिएको छ ।

तीन हजार ६०० मिटरमुनि सुङतुङ र रोङ–६ को रामभेडेसम्म पाइप लाइन विस्तार गरी रामभेडेमा विद्युत्गृह निर्माण गरिने छ । दुई वटा पेल्टन टर्वाइन राखेर बिजुली निकाल्नका लागि करिब एक अर्ब २० करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको इञ्जिनीयर दिवस भट्टराईले बताए ।यस खोलामा यसअघि लुम्बिनी हाइड्रोले १० दशमलव २ मेघावाट बिजुली निकाल्ने तयारी गरेको थियो ।

तर, खोलामा पानीको मात्रा कम भएकाले बढी विद्युत् निकाल्न नसकिने भन्दै ६.५ मेगावाट विद्युत् उत्पादनको तयारी थालिएको हो । आयोजना सञ्चालनका लागि रम्भ्याङबाट हेड ट्यांक र विद्युत् गृहसम्मको पहुँच मार्ग करिब निर्माण भइसकेको छ ।

कार्यालय सञ्चालनका लागि भवनसमेत निर्माण गरिसकिएको इञ्जिनीयर भट्टराईको भनाइ छ । यहाँबाट उत्पादित बिजुली फिक्कलमा रहेको ट्रान्समिसन लाइनसम्म लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने  छ ।

गाउँमा जलविद्युत् सञ्चालनपछि स्थानीयवासी खुशीसमेत भएका छन् । गाउँगाउँमा सडक निर्माण हुने र आफ्नै ठाउँबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भन्दै उनीहरु खुशी भएका हुन् ।

साथै आफ्नो दायित्वको काम गरे अझ स्थानीयवासीको क्षमता विकास र वातावरणीय प्रभाव कम गर्ने खालका काम गरिने स्थानीय गोविन्द पौडेलको भनाइ छ ।  इलामका विभिन्न खोलामा एक दर्जन बढी जलविद्युत् सञ्चालनमा छन् । 

यो पनि