जेठ ०४, २०८१, शुक्रबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
पुस १३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बहिानैदेखि झन पहिलाको तुलनामा चिसो बढ्दै गएको छ ।

दिउँसो पनि प्रदेश १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहने छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साथै, राती पनि प्रदेश १ को पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि